‘बिआइसी ह्याकाथन’ गर्दै बोस्टन कलेज

भरतपुर । बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले बिआइसी ह्याकाथन गर्ने भएको छ ।

आउँदो मंसिर २ देखि ४ गतेसम्म हुने कायर्यक्रमबारे बिहीबार बोस्टन कलेजमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । बोस्टन कलेजले नै स्थापना गरेको क्लबले कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीलाई समावेश गराई कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा समूह बनाएर सहभागी जनाउन सक्नेछन् । एउटा समूहमा कम्तिमा दुई जना र बढीमा चार जना हुनुपर्ने आयोजकले जनाएको छ, जसमा एकभन्दा बढी छात्रालाई समावेश गराइएको खण्डमा बढी प्राथमिकता दिइने कार्यक्रम संयोजक मनीष कँडेलले जानकारी दिए । सहभागी विद्यार्थीले आफू अध्ययनरत कलेजको मान्यताप्राप्त परिचयपत्र देखाउनु पर्नेछ ।

कार्यक्रममा सहभागी भई प्र्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक कँडेलले जानकारी दिए । साथै प्रतियोगितामा सहभागी उत्कृष्ट टोलीलाई नगद पाँच हजार रूपैयाँबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रकृया सुरू भइसकेको आयोजकले जनाएको छ । सहभागी विद्यार्थीले कुनै एउटा विषय छनौट गरेर आफूलाई प्रतिष्पर्धामा सामेल गराउन सक्नेछ ।

 

Source: https://echitwanpost.com/153468/2021102816/33/03/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments