बोस्टनमा बिआइसि ह्याकाथ प्रतियोगिता हुने !!!

चितवन, कात्तिक २५ ।

चितवनको भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजद्धारा स्थापना भएको क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्निोलोजिले बिआइसि ह्याकाथको आयोजना गर्ने भएको छ । यही पौष ११ गतेदेखि बोस्टन इन्टरनेशनल कलेजमा प्रतिस्पर्धात्मक रुपमा ह्याकाथको कार्यक्रम गर्न लागिएको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।

पुस १४ गतेसम्म हुने कार्यक्रममा सहभागि हुनका लागि दर्ता प्रकृया समेत सुरु भइसकेको कार्यक्रम संयोजक नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो । दर्ता शुल्क ४ हजार ५०० तोकिएको छ । ह्याकाथन एक सामाजिक कोडिङ कार्यक्रम हो । जसले इच्छुक व्यक्ति तथा कम्प्युटर प्रोग्रामरलाई एकसाथ ल्याएर नयाँ सफ्टवेर विकास गर्ने तथा अवस्थित सफ्टवेरको सुधार गर्न काम गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।

यस प्रतिस्पर्धात्मक कार्यक्रममा विद्यार्थीले कुनै एउटा बिषयमा छनोट गरि त्यसमा आधारित रहेर त्यससंग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङ मार्फत प्रस्तुत गर्नु पर्दछ । यसले सहभागिहरुको प्राविधिक कौशलताको विकास गर्नुका साथै प्राविधिक कम्पनीहरुको विकासमा पनि ठुलो मद्दत पुग्ने आयोजकको विश्वास छ ।

कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु सहभागि हुन सक्नेछन् । एक टोलिमा तीन जनासम्म राख्न सकिने छ ।

प्रतिस्पर्धात्मक कार्यक्रममा पुरस्कार राशि प्रथम र ३० हजार रनिङ शिल्ड, द्धितीय पुरस्कार २० हजार र तृतीय पुरस्कार १५ हजार मेडल र प्रमाणपत्र रहेको छ । टोलीमध्ये कार्यक्रममा सहभागी टोलीमध्ये एक उत्कृष्ट टोलीलाई ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

News Source :  https://www.kalikanews.com/news/173105

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments