!! चितवनको बोस्टन कलेजमा बिआइसि ह्याकाथन हुने !!

चितवन – भरतपुर १० स्थित बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने भएको छ । क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एन्ड टेक्नोलोजिले पौष ११ गते देखि १४ गतेसम्म ह्याकाथन गर्न लागेको हो ।कार्यक्रममा विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यसमा आधारित रहेर त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङ मार्फत प्रस्तुत गर्नेछन् ।

यसले सहभागीहरुको प्राविधिक कौशलताको विकास गर्नुका साथै प्राविधिक कम्पनीहरुको विकासमा पनि मद्त मिल्ने कलेजका बिसिआइएस प्रोग्राम कोडिनेटर नवीन कुमार श्रेष्ठले बताए।

कार्यक्रममा देशभरबाट कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुनेछन् । उनीहरुले तीन दिन आ-आफ्नो योजनालाई कोडिङमा परिणत गर्नेछन् । चौथो दिन आग्नो योजना निर्णायक सामू प्रस्तुत गर्नेछन्।

कार्यक्रममा सहभागी हुनका लागि दर्ता गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ । कार्यक्रमको दर्ता रकम प्रति टोली ४ हजार ५ सय निर्धारण गरिएको छ ।

प्रतिस्पर्धात्मक कार्यक्रमको विजेताले ३० हजारसहित सिल्ड दोस्रो हुनेले, २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट टोलीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

News Source : https://bit.ly/3tpvBzm

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments