बोस्टन कलेजमा “बिआइसि ह्याकाथन” प्रतियोगिता हुँदै

कात्तिक ११, चितवन । भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजमा “बिआइसि ह्याकाथन” प्रतियोगिता हुने भएको छ ।

क्लब बोष्टन सेन्टर फर ईन्फरमेशन एन्ड टेक्नोलोजिले मङ्सिर २ देखि ४ गतेसम्म “बिआइसि ह्याकाथन” प्रतियोगिता आयोजना गर्ने भएको हो । प्राविधिक क्षमतामा विकास गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको कार्यक्रमका संयोजक मनिस कंडेलले बताए ।

कार्यक्रममा कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत देशभरका विद्यार्थीहरुले दुई वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेले २० हजार दास्रो हुनेले १५ र तेस्रो हुनेले १० हजार रुपैयँँ साथै रनिङ शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

News by: सिनर्जी एफ एम ९१.६ मेघाहर्ज

Link: https://synergyfm.com.np/news-details/4017/2021-10-28?fbclid=IwAR2ly99HFmED3xU8FnPUC1hOoPNUw4rkB4QUYrGbwRk_2LZVWu3GZvJxKNg

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Manish Kandel
Manish Kandel
1 year ago

Nice !!