बोस्टन कलेजमा ‘बिआइसी ह्याकाथन’ प्रतियोगिता हुने

भरतपुर चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसी ह्याकाथन भर्सन २.०’ प्रतियोगिता हुने भएको छ । कलेजको बोस्टन सेन्टर फर इन्फरमेशन एन्ड टेक्नोलोजी क्लबले आज कलेजमा पत्रकार सम्मेलन गर्दै आगामी पुस ११ गते देखि १४ गतेसम्म चारदिने कार्यक्रम हुन लागेको जानकारी गराएको हो ।

प्रतिस्पर्धामा विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यसमा आधारित रहेर  सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङ मार्फत प्रस्तुत गर्नुपर्ने कार्यक्रम संयोजक रोजिन भण्डारीले बताए ।’ह्रयाकाथन एक सामाजिक कोडिङ कार्यक्रम हो जसले इच्छुक व्यक्ति तथा कम्प्यूटर प्रोग्रामरलाई एकसाथ ल्याएर नयाँ सफ्टवेर विकास गर्ने तथा सफ्टवेरको सुधार काम गर्दछ ।’उनले भने ‘प्रतिस्पर्धीहरुले तीन दिन आ–आफ्नो योजनालाई कोडिङमा परिणत गर्नेछन् । चौथो दिन आफ्नो योजना निर्णायक सामू प्रस्तुत गर्नेछन् ।’

कार्यक्रमको सहभागि हुनका लागि दर्ता पक्रिया सुरु भइसकेको उनले बताए । प्रतियोगितामा कक्षा ११,१२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु मात्र सहभागि हुन सक्नेछन् ।सहभागिताको लागि प्रतिटोली अधिकतम तीनजना सदस्य र न्युनतम दुई जना संख्या अनिवार्य हुनुपर्ने बताइएको छ ।

कलेजका बिआइसी पोग्राम कोर्डिनेटर नवीन कुमार श्रेष्ठ यस्ता खाले प्रतियोगिताले विद्यार्थीको प्राविधिक कौशलताको विकास गर्नुका साथै व्यवहारिक सिकाइ प्रभावकारी हुने बताउँछन् । ‘पोजेक्ट बेस लर्निङलाई यस्ता कार्यक्रमले पोत्साहन गर्दछ ’ उनले भने ।

प्रतिस्पर्धात्मक कार्यक्रमको विजेताले ३० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र, द्धितिय समुहलाइई २० हजार र तृतिय समूहलाई १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट टोलीलाई नगद ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

News Source : https://saurahaonline.com/2022/11/11/96485/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments